पर्वतारोही कान्छा शेर्पाको घर गुगल अर्थमा

Kanchha recalls historic 1953 summit
June 11, 2017
Bag distribution Namche
December 14, 2017
Show all

गुगल अर्थले आकर्षक सुविधाहरु थपेर आफूलाई नयाँ स्वरुपमा परिमार्जन गरेको छ । थपिएको नयाँ सुविधा ‘भोयजर’ मा संसारभरिका नक्सामा आधारित कथाहरुको संग्रह छ । प्रकृति, संस्कृति, इतिहास जस्ता कथाहरुको समूहमा विभिन्न चाखलाग्दो सन्दर्भ र रमणीय ठाउँहरु थ्रीडीमा नियाल्न सकिन्छ ।

भोयजरको ‘वर्ल्ड्स मोस्ट ड्रामाटिक माउन्टेन’ खण्डमा नेपालका सगरमाथा र आमादब्लम हिमालसहित विश्वका विभिन्न हिमालका दृश्य समेटिएका छन् । यस्तै, ‘दिस इज होम’ खण्डमा सोलुको नाम्चे बजारस्थित पर्वतारोही कान्छा शेर्पाको घर पनि समेटिएको छ । सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ पहिलो पटक सगरमाथा आरोहण गर्दा कान्छा शेर्पा पनि सो आरोहण दलमा सहभागी थिए । उनी सो दलका एक मात्र जीवित सदस्य हुन् । उनको घरको बाहिरी स्वरुप देखिनुका साथै घरका कोठाभित्र डुल्न र उनको रोचक अनुभव सुन्न समेत सकिन्छ ।

यस खण्डमा हिमाली क्षेत्रका बासिन्दाहरुको बारेमा जानकारी लिन पनि सकिन्छ । ‘गुगल अर्थ आउटरिच’ ले सगरमाथा क्षेत्रका बासिन्दालाई समेट्न स्टोरीसाइकल र आप्पा शेर्पा फाउन्डेसनसँग साझेदारी गरेको हो । स्टोरीसाइकलका संस्थापक र संरक्षक सौरभ ढकालले ‘दिस इज होम’ परियोजनाले नेपाल र खुम्बु क्षेत्रको बारेमा विभिन्न पाटो बुझ्न सघाउने बताए । अहिले डेस्कटपमा मात्र चलाउन सकिने गुगल अर्थको परिमार्जित स्वरुप एक साताभित्रमा एन्ड्रोइड फोनको गुगल प्लेस्टोरमा पनि उपलब्ध हुने बताइएको छ । आईओसमा आउन भने केही समय लाग्नेछ ।

साभार : अनलाइन खबर


Click here to view the map!